भारतीय मन्त्री तनहुँ बस दुर्घटनाका घाइते भेट्न काठमाडौंमा

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे तनहुँमा हिजो भएको बस दुर्घटनाका घाइते यात्रुलाई भेट्न आज शनिबार काठमाडौं आइपुगेकी छन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौं आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गइन् । उनले मृतकका शव पनि लिएर जाने बताइएको छ ।

यसैबीच भारतीय पर्यटक बोकेको बस दुर्घटनामा ज्यान गुमाएकाकाे शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर