अर्घाखाँची आगलागीमा चारजनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा आगो निभाउने क्रममा जलेर घाइते भएका चारजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे र माधव बेल्बासेको मृत्यु भएको हो। गम्भीर घाइते भएका पाँचमध्ये अस्मिता बेल्बासेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

भूमिकास्थान–२ तिरतिरे खोलागाउँको जङ्गलमा मंगलबार बिहान लागेको डढेलो स्थानीय पदम बेल्वासेको घरमा सल्किएको थियो। सोही आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर