माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाए

काठमाडौं ।  भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् ।

पोखरेलका अनुसार शनिबारदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको)  पाँच सय पाँच रुपैयाँ तय गरेको छ । ठूलो अण्डा चार सय ९५ र मध्यम अण्डाको मूल्य चार सय २५ रुपैयाँ तोकिएको छ ।  हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फार्मले पनि अण्डाको मूल्य बढाएको बताए ।  उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० रुपैयाँले बढाइएको बताए । सबै फार्महरूले मूल्य बढाएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर