नागढुङ्गामा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो ।

गाडीको चाप घटेपछि आज बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर