भक्तपुरमा टिपरले ठक्कर दिँदा साइकल यात्री कोजूको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ चोखा मरु चोकमा टिपरले ठक्कर दिँदा शुक्रबार एक जना साइकल यात्रीको मृत्यु भएको छ । खरिपाटीबाट भाने चोकतर्फ जाँदै गरेको बागमती ४ ख. ४९३१ नं. को टिपरले साइकललाई ठक्कर दिँदा साइकल चालक भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष ६५ को आसनारा कोजूको मृत्यु भएको हो।

ठक्करपछि गम्भीर घाइते भई उपचारको लागि नजिकैको ख्वप अस्पताल च्यामासिंह, भक्तपुरमा लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत राजन कार्कीले बताए । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको जनाइएको छ । दुवै सवारीसाधन र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर भानेचोक बस्ने वर्ष ३३ को अमीर तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर