हिमपहिरोले थुनिएको बोक्से खोलाको खतरा टर्‍यो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका(२ स्थित बोक्सेखोलामा हिमपहिरो गएको छ। हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न सुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले नेपालटिभीअनलाइनलाई जानकारी दिए ।

सुवेदीका अनुसार हिमपहिरोका कारण थुनिएको खोलाबाट बस्तीमा कुनै ठूलो क्षति पुग्ने सम्भावना भने छैन । त्यसो त प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीहरुको टोली हिमपहिरो खसेको स्थानतर्फ गइसकेको छ । बोक्से खोला कालीगण्डकी नदीको सहायक नदी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर