रवि लामिछानेसँग सोधपूछ गर्दै संसदीय विशेष समिति

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको विशेष संसदीय समितिमा उपस्थित भएका छन् । गोर्खा मिडिया नेटवर्क प्रा.लि. को तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा उनलाई बयानको लागि बोलाइएको थियो । उनीसँग अहिले समितिले गोर्खा मिडिया जोडिएको विभिन्न सहकारीको सम्बन्धमा सोधपुछ गरिरहेको छ ।

लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर