फरार आफ्ना सचिव टोपबहादुरलाई एमालेको आग्रह, “अनुसन्धानमा सहयोग गर्नुस्”

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी सचिव एवं सांसद टोपबहादुर राउमाझीलाई नेपालीलाई नककली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीको अनुसन्धानमा सहयोग गर्न सदनमार्फत आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीको मंगलबार बसेको सचिवालय बैठकले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी दिए ।

गुरुङले भने, विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुनखालको अनुसन्धान र छानविन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं कि तपाइँ यो अनुसन्धान र छानविनमा सहयोग गर्नुस् ।’
रायमाझी हालसम्म फरार छन् । उनीविरुद्ध भुटानी शरणार्थी ठगी प्रकरणमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर