डा. मुकुलको नजरमा रवि लामिछाने ठग, भ्रष्ट र अपराधी

 काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने र डा. मुकुल ढकालबिच मनमुटाव चर्किँदै गएको छ । डा. ढकालमाथि स्पष्टीकरणमाथि स्पष्टीकरण सोधिएपछि डा.ढकालले आफ्ना सभापतिलाई सहकारी ठग, भ्रष्टाचारी र आर्थिक अपराधी भने लाञ्छना लगाएका छन् । डा. ढकाललाई रास्वपाले महामन्त्री पदबाट निलम्बित गरिसकेको छ ।

दोस्रोपटक सोधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै डा. ढकालले सभापतिलाई ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताए । “तपाईँ ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत साबित गर्नुहोस्” उनले भने,  “तपाईँको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।”

डा. ढकालको स्पष्टीकरण पत्रको व्यहोरा यस्तो रहेको छ:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर