शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ २७ पैसा र बिक्री दर १४९ रुपैयाँ ९४ पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ २४ पैसा र बिक्री दर ९० रुपैयाँ ६५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३८ रुपैयाँ ५८ पैसा र बिक्री दर ४४० रुपैयाँ ५४ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५७ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर