यादव राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादव प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकले यादवको नामलाई स्वीकृत गरेको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७७ बमोजिम यादवको नाम सो समितिमा मनोनीत गर्न सभाको स्वीकृतिको लागि प्रस्ताव गरेका थिए।

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा सप्तरी– २ बाट पराजित भएका उनी वैशाख १० गतेको उपनिर्वाचनमा बारा– २ बाट विजयी भएका थिए। यादव जसपाका अध्यक्षसमेत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर