अल नासर र अल राएद १-१ गोलको बराबरीमा

काठमाडौं ।  साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराति भएको साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यो खेलपछि दुवै क्लबले एक-एक अंक हासिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर