संक्षेपमा आजको तरकारीको भाउ

काठमाडौं ।  कालिमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य सार्वजनिक गरेको छ । आज लोकल गोलभेंडाको भाउ प्रतिकिलो ३५ रुपैयाँ छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, हिजो ७५रुपैयाँ रहेको ठूलो गोलभेंडा भने आज २१ रुपैयाँले बढेर ९६ रुपैयाँ कायम भएको छ । शुक्रबार कुरिलो १०५ रुपैयाँ सस्तो भएको छ । यसदिन २५० मा बिक्री भइरहेको कुरिलो हिजो भने ३७६ मा कारोबार भएको थियो । साथै, पुदिना प्रतिकिलो १०० रुपैयाँले घटेको छ । हिजो ६५० मा किनबेच भएको पुदिनाको भाउ आज भने ५५० मा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर