“तपाइँको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाब र प्रभाव पर्न नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले भने, “नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्छ । अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्छ । सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्छ । यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबाबले प्रभावित नहोस् । कुनै पनि कुराले, कहीँको पनि कुराले प्रभावित नहोस् । ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस् । यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाइँको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर