निमन्त्रण र नियन्त्रणमा जिब्रो चिप्लिदाँ परराष्ट्रमन्त्री डा. आरजु…

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना कुराहरु ध्यान दिएर सुनेको बताएकी छन् । भारत भ्रमण सकाएर बिहीबार स्वदेशी फर्किएकी मन्त्री राणाले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन् , “मोदीजीसँग पञ्चेश्वर आयोजना, हवाई रुट, बाढीपहिरोलगायतको विषयमा छलफल भयो । उहाँले ध्यान दिएर सुन्नुभयो । उहाँले नेपाललाई एकदमै माया गर्नुहुँदो रहेछ ।”

उनले मोदीसँग पञ्चेश्वर आयोजना, हवाई रुट, बाढीपहिरोलगायतको विषयमा छलफल भएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको नेपाल भ्रमणको निम्तो पनि दिएको बताइन् । “उहाँले निमन्त्रणालाई सकारात्मक रुपले लिनुभएको छ “, परराष्ट्रमन्त्री  राणाले भनिन् ।

परराष्ट्र सचिव सेवा लम्साललाईसँगै राखेर पत्रकार सम्मेलनमा बोल्दा उनले सुरुमा सम्बोधन गर्दा भारतीय समकक्षीको नियन्त्रणमा भारत गएको भनिन् । फेरि,उनले सच्याइन् । पत्रकार सम्मेलन सुरु भएपछि उनले भनेकी थिइन्, ‘‘सञ्चारकर्मी मित्रहरु,  मित्रराष्ट्र गणतन्त्र भारतका विदेशमन्त्री महामहिम डाक्टर एस. जयशंकरको मैत्रीपूर्ण नियन्त्रणमा…नियन्त्रणमा… निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गरी म आज स्वदेश फर्किएकी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर