रवि लामिछाने भोलि समितिमा हाजिर हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भोलि सहकारीसम्बन्धी घोटालाका विषयमा बयान दिनका लागि हाजिर हुँदैछन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहिसकेका लामिछानेलाई सोधपुछका लागि बोलाएको हो ।

समिति संयोजक सूर्य थापाका अनुसार लामिछानेलाई भोलि ७ भदौ गते शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि हाजिर हुन बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर