मकवानपुरमा भैंसीको प्रतिकारमा बाघ मर्‍यो

काठमाडौं । चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघ नै मरेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैंसी गोठमा आक्रमण गर्न गएको बाघलाई भैसीले प्रतिकार गर्दा बाघ मरेको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिए ।

यस्तो घटना पहिलो भएको अध्यक्ष स्याङबोको भनाइ छ । उनले बाघ अत्यन्तै बुढो भएको हुँदा भैंसीको आक्रमणबाट बाघ मरेको उनले बताए । स्थानीय बलबहादुर राईको गोठमा आज बिहीबार बिहान ५ः१५ बजेको समयमा भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । मरेको बाघको मुचुल्का गरेर सौराहा ल्याएको छ । स्याङबोका अनुसार बाघको जिउमा चोट देखिएको छैन । भैंसीको आङभरी घाउ छ । गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघ मरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ । बाघको थप पोष्टमार्टमका लागि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको वन्यजन्तु अस्पतालमा लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर