नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालयनजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आज बिहीबार बिहान झोलामा तारसहितको प्रेसर कुकर घरअगाडि देखेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त प्रेसर कुकरलाई निष्क्रिय पारेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । प्रेसर कुकरमा विस्फोटक पदार्थ नरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर