भारतमा रिएक्टर विस्फोट हुँदा १३ जनाको मृत्यु

काठमाडौं ।  भारतको आन्ध्र प्रदेशअन्तर्गतको अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा १३ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् । घटनामा परी १३ जनाको ज्यान गएको र ३३ जना घाइते भएको आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले जानकारी दिएका छन् ।

अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू परिसरमा प्रवेश गर्न समस्या भएको थियो । कम्पनीबाट रसायन एवं औषधी उत्पदन हुँदै आएको थियो । दिनको २ः३० विस्फोट भएको र विस्फोटसँगै भएको आगलागी नियन्त्रण गर्न धेरै समय लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर