भारतमा हराएको विमानको खोजी सुरु

काठमाडौं ।  पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् । भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो ।

अधिकारीहरुका अनुसार विमान अन्तिम पटक झारखण्डको राजधानी सहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो । स्थानीय सञ्चारमाध्यमले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमान केही दूरीमा पानीमा खसेको बताएको छ । प्रहरीले चण्डिल बाँधमा विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरेको छ ।

दुई सिटको उक्त विमान ससेना १५२ रहेको र फ्लाइङ स्कुल अफ अल्केमिस्ट एभिएसन कम्पनीको स्वामित्वमा रहेको बताइएको छ । विमानमा एक पाइलट र एक प्रशिक्षक थिए । विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएपछि तत्काल अलार्म बजेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर