राप्रपाद्वारा सदनको बैठक सञ्चालनमा अवरोध उत्पन्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेट पूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेकको समय नराखिएको जानकारी गराएका थिए ।

सभामुखले आफ्नो कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै गरे तर राप्रपाका सांसदले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको विरोधका अतिरिक्त शून्य समयका लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराए लगत्तै राप्रपा सांसदहरुले वेलमा आएर घेराउ गरेपछि बैठक सञ्चालनमा अवरोध पुगेको थियो। यससँगै बैठक बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर