पायलट बाबाको असामयिक निधन

काठमाडौं । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ । भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामण्डलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो ।

उनको हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले भारत–पाकिस्तान युद्धमा दुईपटक फाइटर प्लेन चलाएर देशका लागि कर्तव्य निर्वाह गरेपछि पाइलट पेशाबाट संन्यास लिएका थिए । पायलट बाबाको महासमाधिको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत दिइएको छ ।

इन्स्टाग्राममा लेखिएको छ, ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पूर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधि लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।’ पायलट बाबाको भक्तपुरको सूर्यविनायक नगरपालिकाअन्तर्गत घ्याम्पे डाँडामा ठूलो आश्रम रहेको छ । जुन आश्रम नेपालमै चर्चित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर