पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

काठमाडौं ।  पहिरोका कारण  भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६:३५ बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा  सडक एकतर्फी अवरुद्ध बनेको हो। पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन्। मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताइन्।

कालीगण्डकी करिडोर र डुम्रे–बेंसीसहर सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरोले मंगलबार बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र र पाल्पा, स्याङ्जातर्फ यातायातका साधन चल्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर