आईसीसी लिग-२ मा अमेरिकाको दोस्रो जित

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकाले दोस्रो जित निकालेको छ। नेदरल्यान्ड्सको रोथरड्याममा टस हारेर पहिला ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७५ रन बनायो। उसका लागि स्मित पटेल र एरोन जोन्सले क्रमशः ७० र ५० रन बनाउँदा मिलिल्ड कुमारले ४७, स्टेभिन टेलर ४६, मोनाक्ट पटेल २६ रन बनाए।

बलिङतर्फ साद बिन जफरले तीन, कलीम सानाले दुई तथा डिलोन हेलाइगरले एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको क्यानडा ४७ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटियो। उसका लागि परगत सिंहले ७२, श्रेयस मोब्बा ६८ रन बनाउनुबाहेक बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेन। अमेरिकाका लागि स्याड्ली भान स्कल्कवेकले चार, जसदीप सिंह र हरमीत सिंहले समान दुई–दुई विकेट लिँदा यासिर मोहम्मद र नोसथन केन्जिगेले समान एक-एक विकेट लिए। जितसँगै अमेरिका तीन खेलमा दुईमा जित निकालेर चार अंकसहित पाँचौं स्थानमा छ भने क्यानडा भने आठ खेलमा चारमा जितसहित आठ अंक जोडेको छ। क्यानडा तेस्रो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर