बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं ।  काठमाडौं  जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।  न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई आइतबार धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्त्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर