रुसमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विस्फोट

काठमाडौं । रुसमा आज बिहान गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विस्फोट भएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्की शहरभन्दा २ सय ८० माइल टाढा रहेको छ ।

उक्त शहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । रुसी सञ्चारमाध्यम तासका अनुसार ज्वालामुखी विस्फोटपछि धुवाँ र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको बताइएको छ । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमिनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर