नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २-१ गोलले पराजित गर्दै बार्सिलोनाले जितबाट यो सिजनको सुरुवात गरेको हो । पहिलो हाफको ४४ औँ मिनेटमा घरेलु टोली भ्यालेन्सियाको लागि ह्युगो डुरोले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा वार्साका लेवान्डोस्कीले गोल गर्दै टिमलाई बराबरी गराए । दोस्रो हाफको ४९ औँ मिनेटमा पेनाल्टी मार्फत लेवान्डोस्कीले पुनः गोल गर्दै टिमलाई २-१ को जित दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर