नेपाललाई यु-१९ विश्वकप छनोटको जिम्मा

काठमाडौं ।  नेपालले यु-१९ विश्वकप छनोट आयोजनाको जिम्मा पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यु-१९ पुरुष विश्वकप छनोटका खेल २०२५ को १२ देखि २१ अप्रिलसम्म काठमाडौंमा आयोजना हुने क्यानले जनाएको छ। उमेर समूहमा प्रतिष्ठित मानिएको विश्वकप छनोटको अधिकार पाएकोमा क्यानले खुसी व्यक्त गरेको छ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी रहेका छन्। प्रतियोगिताको विजेताले जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यु- १९ विश्वकपका लागि छनोट हुनेछ। नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु- १९ विश्वकपमा सहभागिता जनाएको थियो। क्यानले महत्त्वपूर्ण प्रतियोगिताका लागि आयोजक भएर छनोटमा सहभागी राष्ट्रलाई स्वागत गर्न पाउनु नेपाल क्रिकेट र सिंगो देशका लागि गौरवको कुरो भएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर