गठ्ठाघर दुर्घटना : छानबिन गर्न समिति गठन

काठमाडौं ।  भक्तपुरकाे गठ्ठाघरमा भएकाे सवारी दुर्घटनाकाे छानबिन गर्न समिति गठन भएको छ। भक्तपुरका सहायक जिल्ला अधिकारी डाेरेन्द्र निराैलाकाे नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेकाे हाे।

निराैला नेतृत्वकाे समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि काेइराला सदस्य छन्।

दुर्घटनाका सम्बन्धमा सराेकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएकाे छ। गृहमन्त्री रमेश लेखकले गठ्ठाघर दुर्घटनाकाे गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर