भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको बैठकले आगामी भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। २०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन। गाईजात्रा पर्वको अवसरमा गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर