विजय कृष्णमूर्तिका समर्थकहरूद्वारा प्रहरीमाथि हातपात

काठमाडौं ।  पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो। सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो। आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाएका छन्।आज कोटिहोमको समापन थियो। समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए। उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन्। प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

विजय कृष्णमूर्तिको भड्काउपूर्ण भाषण

कथाबाचक विजय कृष्णमूर्तिले धार्मिकस्थलमा प्रहरी प्रवेश गरेको भन्दै पशुपति अब रणस्थल बन्ने र नेपालको अवस्था अब बंगलादेशकोको जस्ते हुने उत्तेजनात्मक अभिव्यक्ति दिँदै भने, “धार्मिक स्वतन्त्रताका लागि सम्पूर्ण नेपालीहरू एक हुनु परेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर