सोलुखुम्बुको थामेमा हिमताल फुटेको आशंका, स्थानीयको घरमा एक्कासि बाढी पस्यो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासि बाढी पसेको खबर गरेको र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।

उनले भने, ‘स्थानीय बासिन्दाले गरेको खबरअनुसार केही घर बगाएको र केहीमा बाढी पसेको भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ । यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर