प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच छलफल

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिकी दूतावासका अनुसार, शुक्रबार बिहान बर्मा नेपाल आइपुगेका थिए । उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन् । भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने जनाइएको छ ।
यसैबिच अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री वर्माले शुक्रबार नै परराष्ट्रमन्त्री आरजु राणासँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–अमेरिका सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर