यमलका पितालाई छुरा प्रहार गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं। स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यमलका पितालाई छुरा प्रहार गरेको आरोपमा बार्सिलोना प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मौनीर नसराउईमाथि बुधबार छुरा प्रहार भएको थियो। बुधबार तीन जनालाई पक्राउ गरिएको थियो । बिहीबार थप एक जनालाई पक्राउ गरिएको हो।नसराउईलाई अस्पताल भर्ना गरिएको छ। तर, उनले सामाजिक सञ्जालमा भने आफ्नो स्वास्थ्य स्थितिमा सुधार आएको बताएका छन्।

ला भ्यानगार्डिया अखबारका अनुसार बार्सिलोनानजिकै एक समूहसँग भएको विवादका क्रममा नासराउईलाई पटक पटक छुरा प्रहार गरिएको थियो।यमलले बिहीबार बार्सिलोनाका बाँकी खेलाडीसँग सामान्य अभ्यास गरेका थिए। क्लबले स्पेनिस ला लिगाको पहिलो खेल शनिबार भ्यालेन्सियामा सुरु गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर