पाकिस्तानमा एक युवतीमाथि पाँच दिनसम्म सामूहिक बलात्कार

काठमाडौं ।  पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामावादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् ।  पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी–६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडितलाई देखेर प्रहरीलाई उजुरी गरेका थिए ।

घटनास्थलमा प्रहरी टोलीले महिलाको उद्धार गरेको थियो । उनलाई उपचारका लागि पोलिक्लिनिक अस्पतालमा भर्ना गरिएको थियो । सोधपुछका क्रममा ती महिलाले केही व्यक्तिले आफूलाई बन्धक बनाएर पाँच दिनसम्म बलात्कार गरेको प्रहरीलाई बताइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको दाबी पुष्टि भएको छ ।  घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । केही समयअघि पाकिस्तानमा एक हिन्दू महिलालाई इस्लाम धर्म स्वीकार नगरेको भन्दै बलात्कार गरेको समाचार बाहिर आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर