स्पेनका स्टार फुटबलर लामिन यामालका बुवामाथि छुरा प्रहार

काठमाडौं ।  बार्सिलोना र स्पेनका स्टार विङ्गर लामिन यामालका बुवा मोनिर नसराउईमाथि छुरा प्रहार भएको छ । उनीमाथि उत्तरपूर्वी स्पेनको माटारोको एउटा पार्किङ स्थलमा छुरा प्रहार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ला भाानगार्डियाको रिपोर्टका अनुसार नसराउईलाई नजिकैको बडालोना सहरको क्यान रुती अस्पतालमा लगिएको थियो । उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर