संसद् परिसरभित्र भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणविरुद्ध प्रदर्शन

काठमाडौं । आज बुधबार संघीय संसद् भवनभित्र विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीको माग थियो, ‘नक्कली भुटानी शरणार्थीलाई कारबाही गर’, र सहकारी ठगी र गिरीबन्धुका नाइकेहरुलाई कारबाही गर’ भन्ने थियो । प्रदर्शनकारीहरुले ‘नक्कली भुटानी शरणार्थी, लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संसद् चलिरहेको बेला बाहिर उनी मुखमा कालो टेप टाँसी र हातमा भ्रष्टाचार विरोधी नारा लेखिएको प्लेकार्ड लिएर उभिएका थिए ।  प्रहरीले प्रदर्शनमा संलग्न अछामका दीपक देवकोटालाई नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । उनी संसद् भवनभित्र कसरी छिर्‍यो वा उनलाई कुनै सांसदले पास उपलब्ध गरायो कि अथवा संसदीय अवलोकन गर्ने प्रक्रियाअन्तर्गत प्रवेश गरेका हुन अनुसन्धानको विषय भएको छ । प्रदर्शनकारी विद्यार्थीलाई केही बेरमै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर