बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसिपसम्बन्धमा समिति गठन

काठमाडौं । बंगलादेशमा चिकित्सा शिक्षा (एमबीबीएस र बीडीएस) अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा समिति गठन गरिएको छ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो।

समितिको सदस्यहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधि, परराष्ट्र मन्त्रालय प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन, त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक रहने छन्। समितिको सदस्य सचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रहने छन्।

समितिले बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीको विवरण तयार गर्नेछ। त्यहाँको अहिलेको अवस्था र समस्या पहिचान गर्नेछ। समितिले अवस्था र सरकारले गर्नुपर्ने कार्यहरुसहित १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। बंगलादेशमा कोटाविरोधी विद्यार्थी आन्दोलनका कारण त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर