अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । अविरल वर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना ३ स्थित चुम्लिङ्गटारमा आज बुधबार बिहान ७ बजे ढुङ्गासहित पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएपछि सडक दुईतर्फी सुचारु भएको उनले बताए । यसैबिच मौवाखोला र केबलकार नजिक पनि सडक एकातर्फ अवरुद्ध बनेको थियो । ती दुबै स्थानको पहिरो हटाई दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरिक्षक भण्डारीले बताए ।

अरुण नदी आसपासका वासिन्दालाई सतर्क रहन अपिल

रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर