सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा बाढीको सम्भावना

काठमाडौं ।  सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा बाढीको सम्भावना रहेको छ । मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले अनुरोध गरेको छ । पछिल्लो चौबीस घन्टामा उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङ क्षेत्रमा ४६.८, ढुंगेमा ५१.२, मानेखर्कमा ५३.४, गोबरेमा ४४.८ मिलिमिटर वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर