इङ्ग्लिस प्रिमियर लिगका खेलाडीहरूको किनबेच सुरु

काठमाडौं ।  अर्जेन्टिनाका स्टार स्ट्राइकर जुलियन अल्भारेजले आगामी सत्रमा स्पेनको एट्लेटिको म्याड्रिडबाट खेल्ने भएका छन्। इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले अल्भारेजलाई १० करोड ३० लाख अमेरिकी डलरभन्दा बढी रकममा बिक्री गरेको हो। म्यान्चेस्टर सिटीमा दुई वर्ष रहँदा अल्भारेजले थुप्रै उपाधि जितेका छन्। । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गुबार्डियोलाका अनुसार अल्भारेजको नयाँ चुनौतीको सामना गर्न क्लब छोड्ने इच्छाअनुसार नै यो स्थानान्तरण भएको हो।

सन् २०२२ मा अर्जेन्टिनाको रिभर प्लेटबाट एक करोड ७८ लाख अमेरिकी डलरमा सिटी पुगेका अल्भारेजले सुपरस्टारको छवि बनाइसकेका छन्। सिटीसँग रहँदा उनले दुवै वर्ष प्रिमियर लिगका साथै च्याम्पियन्स लिग, एफए कप र क्लब विश्वकप जस्ता प्रतिष्ठित उपाधि जितेका थिए। उनले सिटीका लागि १०३ खेलमा ३६ गोल गरेका छन्। त्यसैले पनि २४ वर्षीय अल्भारेजलाई भित्रायाउन एट्लेटिको म्याड्रिडले ठुलो रकम खर्च गरेको हो।

सिटीले यस सत्रमा नयाँ खेलाडीका रूपमा अहिलेसम्म ब्राजिलका विन्गर साभियोलाई मात्र टिममा भित्र्याएको छ । लिभरपुलले भने आफ्ना फरवार्ड फाबियो कारभालोलाई प्रिमियर लिगकै अर्को क्लब ब्रेन्टफोर्डलाई बेचेको छ। कारभालो तीन करोड ५० लाख अमेरिकी  डलरमा पाँच वर्षका लागि ब्रेन्टफोर्डमा अनुबन्धित भए।  अर्को ठुलो क्लब चेल्सीले पनि वोल्भरह्याम्पटनबाट पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी पेड्रो नेटोलाई सात वर्षका लागि भित्र्याएको छ।

नेटोको स्थानान्तरण रकम छ करोड ९० लाख अमेरिकी डलर भएको बताइएको छ। यसै गरी स्पेनलाई युरोपेली च्याम्पियन बनाउन ठुलै योगदान दिने प्ले मेकर डानी ओल्मो छ वर्षका लागि बार्सिलोनासँग सम्झौताको नजिक पुगेका छन्। अहिले ओल्मो खेलिरहेको क्लब जर्मनीको लेप्जिग र बार्सिलोनाबिच सबै प्रक्रिया पूरा भइसकेको बताइएको छ। यद्यपि ओल्मोका लागि बार्सिलोनाले खर्च गरेको रकमबारे खुलासा गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर