शेख हसिनालाई अमेरिकाको जवाफ : “तख्तापलटमा हाम्रो हात छैन”

काठमाडौं ।  बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई अमेरिकाले सत्ताच्यूत गरेको आरोप लगाएको विषयमा अमेरिकाले ध्यानाकर्षण गर्दै त्यसमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ । अमेरिकाले हसिनाको उक्त अभिव्यक्तिलाई केवल अफवाह भएको टिप्पणी गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरले यसबारे सम्बोधन गर्दै हसिनाको आरोपको खण्डन गरेकी हुन् । ‘यसमा हाम्रो कुनै पनि संलग्नता छैन । यस्तो कुनै पनि रिपोर्ट झुटो हो । जसमा बंगलादेशको सत्तापलटमा अमेरिकी सरकारको हात रहेको भनिएको छ । सबै झुट हो’, पियरले भनेकी छन् । यो विकल्प स्वयं बंगलादेशका नागरिकहरुले आफ्नै लागि लिएको पनि ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । पियरले भनेकी छन्, ‘हामीलाई लागेको छ बंगलादेशका मानिसहरुले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नु आवश्यक छ ।’ साथै उनले कुनै पनि आरोप सत्य नभएको बता इन् । बंगलादेशमा विद्यार्थीहरुको एक महिना लामो विद्रोहपछि शेख हसिना देश नै छाडेर भाग्न बाध्य भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर