धादिङबाट हराएकी तीन छात्रा बागलुङमा भेटिइन्

काठमाडौं ।  धादिङबेसीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बागलुङमा भेटिएका छन्। नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बागलुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी हिँडेकी थिइन्। रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गर्‍यो। रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो। तीनैजान कक्षा ९ मा अध्ययनरत हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर