नेपाली राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा

काठमाडौं ।  आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ सिरिजको तयारीको नेपाली राष्ट्रिय टोली भारत भ्रमणमा गएको छ। राष्ट्रिय टोलीले बैंगलोर स्थितप्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको हो। यस प्रशिक्षणले खेलाडीहरुको प्राविधिक पक्षहरुमा योजना बनाउन सहयोग पुर्‍याउने क्यानले विश्वास लिएको छ।

सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। लिग–२ यो दोस्रो चरण हो। यसअघि, एसिसी मेन्स प्रिमियर कपको तयारी भने नेपाली टोलीले गुजरातको वापीमा गरेको थियो। सो प्रशिक्षणमा नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिता पनि खेलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर