नक्कली भुटानी शरणाथी प्रकरणमा मेरो संलग्नता छ भन्नु वाहियात हो : डा. राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणाले भुटानी शरणार्थीसम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताएकी छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताउँदै भनिन्, “म ठूलो नेताको श्रीमती, पार्टीभित्र श्रीमान्, श्रीमतीको कुरा हुन्छ । कसैको लागि लवी गर्दा कसैको चित्त दुख्छ होला, त्यसको पनि यो उपज हो र यो दुई, तीन दिन अगाडि बनाएको अडियो हो ।”

“अब यो रियल कसरी हो र यो अडियोको सत्य, तथ्य बाहिर आउँला । जब यो काण्ड भयो, त्यस अवधिको सात महिना त म जापानमा थिएँ । यो सबै वाहियात कुरा हो । यसमा मेरो भन्नु केही छैन,”, डा. राणाले भनिन् । उनले अगाडि भनिन्, “मैले एकदम नजिकबाट नियालेको छु । यो चाहिँ नेशनल इस्यु मात्रै होइन, इन्टरनेशनल इस्यु हो । जसले जालमा फसाउन खोजेको छ, आफैँ फस्ने वाला छ ।”

“आइ डण्ट थिङ् इट पोसिबल, किन यो इमिग्रेसन र ह्युमन ट्राफिकिङको क्राइम हो । यो क्राइम चाहिँ इन्टरनेशनल्ली सबभन्दा ड्रग बेच्ने र ह्युमन ट्राफिकिङ भनेको, एकदमै ठूलो क्राइम हो । नेपालले मात्रै यसलाई लुकाउँछु, कसलाई छुपाउँछु भनेर हुन्छ जस्तो मलाई लाग्दैन ।” उनको टिप्पणी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर