शेख हसिनाले आफूलाई सत्ताबाट अमेरिकाले हटाएको दोषारोपण

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको बताएकी छन्। भारतीय अखबार इकोनोमिक टाइम्ससँग कुरा गर्दै हसिनाले अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापुमा अमेरिकी सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनले बताइन्।

हसिनाले अमेरिकाले बंगालको खाडी क्षेत्रमा सेना राख्न खोजेको तथा विशेष स्वार्थ भएको भनेको यो पहिलो पटक होइन । उनी प्रधानमन्त्री हुँदै दुई महिना अगाडि बंगलादेश, म्यानमार तथा भारतका मिजोरम तथा मणिपुर क्षेत्र समेटेर ईसाई मुलुक बनाइन लागेको बताएकी थिइन्।

इन्डोनेसियाबाट अलग भएको ईसाई देश पूर्वी टिमोर शैलीमा यस्तो देश दक्षिण एसियामा पनि बनाउन लागिएको उनको दाबी छ, तर प्रधानमन्त्री हुँदा हसिनाले त्यो बनाउन खोज्ने देश अमेरिका भनेर सीधै किटान नगरेर संकेतमा मात्रै भनेकी थिइन्।

अमेरिकाले बंगलादेशी आन्दोलनमा समर्थन गरेको थियो। अरु देशमा भएका आन्दोलनपछिका अल्पसंख्यकहरुको हिंसाविरुद्ध बोल्ने अमेरिकाले बंगलादेशमा भएको अल्पसंख्यक खासगरी हिन्दूमाथि भएको हिंसाको विरोधमा भने मुख खोलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर