स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याउने मन्त्री पौडेलको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनुपर्ने प्रस्ताव राखेका छन् । मन्त्री पौडेलले आइतबार आयोजित पत्रकारकार सम्मेलनमा हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तीमा पाँच लाख पुर्‍याउने प्रस्ताव गरेका हुन् ।

कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउनु उनको प्रस्ताव छ । त्यसैगरी मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए । अहिले दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर