नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने

काठमाडौं ।  नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । स्वदेशी उपग्रह नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो । मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा भारत सरकारको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए। सम्झौता अनुसार नास्टको आयोजनामा ​​नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर