“यो देश कसैको बाउको होइन, कुनै एक समुदायको अधिकार छैन”

काठमाडौं । बङ्गलादेशमा हिन्दूहरूमाथिको हिंसा र प्रताडना लगातार बढिरहेको छ । राजधानी ढाकास्थित हिन्दु मन्दिर जाने बाटो बन्द गरिएको छ । त्यहाँका हिन्दुहरूले रातभर निदाउन नसकेको र आफूहरूमाथि अन्याए भएको बताउँदै आएका छन् । बङ्गलादेशमा अस्थायी सरकार गठन भइसकेको छ । तर, स्थिति अझै तनावपूर्ण रहेको छ ।

राजधानी ढाकाका सडकहरूमा प्रहरी देखिँदैनन् । सेनाले पूर्ण नियन्त्रण लिएको छ । त्यहाँका हिन्दू समुदाय मन्दिरहरूमा भएको हमलाविरुद्ध निरन्तर विरोध प्रदर्शन गरिहेका छन् । शनिबार देशभर हिन्दु समुदायले आफूहरूमाथि भइरहेको हिंसाविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले भनेका छन्– यो देश सबैको हो, यसमा कुनै एक समुदायको अधिकार छैन । हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्न कदम चाल्नको माग गरेका छन् ।

प्रदर्शनकारीहरूले भने– “यो देश कुसैको बाउको होइन, यसका लागि हामीले रगत दिएको छौँ, आवश्यकता परे फेरि रगत दिनेछौँ । बङ्गलादेश छोड्ने छैनौँ ।” उनीहरूले हिन्दूहरूमाथि भइरहेको हिंसामा मौन रहने सामाजिक अभियन्ताप्रतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागी कनु कुमारको हवालेले भने, “बङ्गलादेशका हिन्दुहरू आफ्नो घर र धार्मिक स्थलहरूको सुरक्षा चाहन्छन् ।”

सामाजिक र धार्मिक एकताका लागि युनुसको अपिल

बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गरेका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशवसीसँग अपिल गरेका छन्। शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गरेका हुन्।

शेख हसिना बंगलादेश नै फर्किने सम्भावना

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् । एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीव वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बंगलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए ।

‘यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बंगलादेशमा बिताउनुभएको छ र देशबाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभए पनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ,’ उनले भने ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन ।’ आफ्नो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएको र आफू पनि लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको उनले बताए । ‘तर, हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ,’ उनले भने । सजीवले बंगलादेशमा लोकतन्त्र र कानुन व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानुनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ,’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर