राप्रपा नेपालद्वारा बंगलादेशमा धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध

काठमाडौं ।  राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध जनाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार विज्ञप्ति जारी गरी धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध जनाएका हुन् ।

‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो,’ उनले जारी गरेको विज्ञप्तिमा भनिउको छ, ‘धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ ।’

अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन् । अध्यक्ष थापाले हिन्दूहरूमाथि भइरहेको आक्रमण अन्त्य गर्न र पीडितहरूको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन सरकारसँग माग समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर